विराट मेडिकल कलेजमा ६० बेडको होल्डिङ सेन्टर

विराटनगर, ४ भदौ । विराट मेडिकल कलेज टिचिङ अस्पतालले होल्डिङ सेन्टर( आइसोलेसन) सञ्चालनमा ल्याएको छ ।

सामाजिक विकास मन्त्रालयको पहलमा टिचिङ अस्पतालले लक्षणरहितका कोरोना संक्रमितलाई राख्नका लागि ६० शैय्याको होल्डिङ सेन्टर सञ्चालनमा ल्याएको हो ।

होल्डिङ आइसोलेसनको ६० मध्ये २० शैय्या अस्पतालका कर्मचारी र बाँकी ४० वटा शैय्या सर्वसाधारण बिरामीका लागि छुट्याइएको अस्पतालले जनाएको छ ।

होल्डिङ सेन्टरको सञ्चालनका लागि आवश्यक जनशक्ति र व्यवस्थापनका लागि दैनिक एक लाख खर्च हुने अस्पतालले जनाएको छ ।

सेन्टर निरन्तर सञ्चालनका लागि सहयोग गर्न अस्पतालले उद्योगी, व्यापारी तथा सहयोग गर्न चाहने व्यक्तिलाई आग्रह गरेको छ ।

सञ्चालन खर्च सम्बन्धित निकाय र दाताहरूबाट प्राप्त नभएसम्म अस्पतालका संक्रमित कर्मचारीहरूको उपचार निःशुल्क गर्ने र अन्य संक्रमितलाई राख्दा शुल्क लाग्ने अस्पतालले जनाएको छ ।

Loading...