काठमाडौंमा थप २०० जनामा कोरोना पुष्टि

काठमाडौं, ४ भदौ । काठमाडौं उपत्यकामा बिहीबार थप २०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजको नियमित प्रेस ब्रिफिङका क्रममा काठमाडौंमा थप २०० जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार आज भेटिएका संक्रमितमध्ये १७४ जना काठमाडौं जिल्लाका हुन् भने १८ जना ललितपुर र ८ जना भक्तपुरका हुन् ।

Loading...