दैनिक हरियो खोर्सानी खानुका अनगिन्ती फाइदाहरू

विराटनगर, ४ भदौ । मसलादार खाना खाने मनपराउने मानिसहरूलाई धेरै पिरो खान निकै मनपर्ने हुन्छ ।

स्वाद हाम्रो पेटलाई नभएर मुखलाई मात्र चाहिने हुँदा रातो घुलो खोर्सानीभन्दा पनि हरियो खोर्सानीको सेवन गर्नु पर्छ । धेरै व्यक्तिहरूहरू खाना खाइरहेको बेला हरियो खोर्सानी टोक्ने बानी हुन्छ । हरियो खोर्सानी स्वास्थ्यका लागि धेरै फाइदाजनक हुने गर्छ । हरियो खोर्सानीलाई शरीरका लागि चाहिने पोषक तत्वहरूको समृद्ध स्रोत मानिन्छ ।

फाइबरमा धनी हुनाले यसले पाचन स्वास्थ्य सुधार गरेर अल्सरसमेत रोक्न सक्छ । क्यालोरीमा अत्यन्त कम, फ्याट–फ्रि हरियो खोर्सानीले मेताबोलिजमलाई सक्रिय पार्ने हुँदा तौल घटाउने क्रममा यसको प्रयोग गर्न सकिन्छ । पेप्टिक अल्सरबाट पीडित व्यक्तिहरूलाई हरियो खोर्सानीको सेवन नगर्न सल्लाह दिइन्छ ।

हरियो खोर्सानी एन्टि–ब्याक्टेरियल गुणहरूले भरिएको हुन्छ । यसले छालाको संक्रमण र एक्नेहरूलाई निको पार्न मद्दत गर्छ । भिटामिन सी प्रशस्त मात्रामा पाइने हुँदा यसको सेवनले स्वस्थ र चमकदार छाला प्रदान गर्छ । लाइट तथा घाममा राख्दा खोर्सानीले भिटामिन सी गुमाउन सक्ने हुँदा खोर्सानीलाई अँध्यारो तथा चिसो ठाउँमा भण्डार गर्नु पर्छ ।

नियमितरूपमा हरियो खोर्सानीको सेवन मधुमेह रोगीहरूका लागि लाभदायक सावित हुन सक्छ । हरियो खोर्सानीको सेवनले शरीरमा चिनीको मात्रा बढ्नबाट रोक्न तथा सन्तुलनमा राख्न मद्दत गर्छ । हरियो खोर्सानीको सेवनले कोलेस्ट्रोलको स्तर पनि कम गर्छ जसकारण हृदयघात हुने जोखिमलाई कम गर्छ । हरियो खोर्सानीको सेवनले रुघाखोकीसमेत निको हुन सक्छ ।

भिटामिन ए, सी, के र क्याप्सिसिन भनिने फाइटोन्युट्रिएन्टको समृद्ध मिश्रणले शरीरमा क्यान्सर कोषहरूको वृद्धिलाई रोक्छ । हरियो खोर्सानीले एन्डोरफिनहरू रिलिज गर्छ, जसले मुडलाई राम्रो बनाउने तथा दुखाइ कम गर्न मद्दत गर्छ । हरियो खोर्सानीमा हुने भिटामिन केले हड्डीमा हुने समस्याको जोखिम कम गर्छ । हरियो खोर्सानी भिटामिन सी र बीटा क्यारोटिनले भरिएको हुन्छ, जुन आँखाका र इम्यून सिस्टमको लागि फाइदाजनक हुन्छ ।

Loading...