Rumpum

Rumpum Advertisement

लिखितरूपमा माफी मागेपछि पूजा र पत्रकार सुवेदीबीच मिलापत्र

लिखितरूपमा माफी मागेपछि पूजा र पत्रकार सुवेदीबीच मिलापत्र

विराटनगर, ४ भदौ । अभिनेत्री पूजा शर्मा र पत्रकार प्रकाश सुवेदीबीच मिलापत्र भएको छ ।

पत्रकार सुवेदीले आउँदा दिनमा पुनः गल्ती नगर्ने बताउँदै लिखित प्रतिबद्धता जनाएपछि मिलापत्र भएको चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्काले जानकारी दिएका हुन् । लिखितरुपमा आउँदा दिनमा गल्ती गर्दिनँ भनेपछि मिलापत्र भएको र माफी मागिसकेपछि अब यो घटना यहीँ टुगिंएको अध्यक्ष खड्काको भनाइ छ ।

अन्नपूर्ण ग्रुपका अध्यक्ष रामेश्वर थापा र कलाकार संघको उपस्थितिमा पूजा र प्रकाशबीच मिलापत्र भएको हो । एपी वान टेलिभिजनको ‘रजतपट’ कार्यक्रममा सुवेदीले पूजालाई लक्षित गरी शारीरिक बनावटलाई लिएर अभिव्यक्तिमा अपशब्द र होच्याउने शब्द प्रयोग गरेको भन्दै पूजाले चलचित्र कलाकार संघ र महिला आयोगमा उजुरी दिएकी थिइन् ।

तीन महिनाअगाडि दिएको अन्तर्वार्ताका कारण ट्रोलको शिकार बनेकी पूजा मानसिक तनाव भोगिरहेको र फेरि अन्तरर्वार्ताका लागि बोलाउँदा जान नमानेका कारण हरेक हप्ता अपशब्द र होच्याउने शब्द प्रयोग गरेको हुँदा उजुरी दिनुपर्ने भएको पूजाको भनाइ छ ।