बेललाई टोटनह्याम फर्काउन चाहन्छन् मौरिन्हो

एजेन्सी, ४ भदौ । इंग्लिस क्लब टोटनह्यामका प्रशिक्षक जोसे मौरिन्होले रियल मड्रिडका स्ट्राइकर ग्यारेथ बेललाई इंग्ल्याण्ड फर्काउन चाहेका छन् ।

टोटनह्यामका पूर्वखेलाडी बेललाई मौरिन्होले फर्काउन चाहेको स्पेनिस मिडिया ‘एल स्पान्योल’ले जनाएको छ ।

पछिल्लो समय रियलको टोलीमा पर्न संघर्षरत बेललाई टोटनह्याम फर्काउने योजनामा मौरिन्हो लागेको जनाइएको छ ।

खबरका अनुसार म्यानचेस्टर युनाइटेडमा छँदा पनि मौरिन्होले बेललाई अनुबन्ध गर्न चाहेका थिए ।

त्यतिबेला असफल भए पनि अब टोटनह्याममा बेललाई अनुबन्ध गर्ने चाहना मौरिन्होको रहेको बताइएको छ ।

बेल सेप्टेम्बर २०१३ मा टोटनह्यामबाट रियलमा अनुबन्ध भएका थिए । त्यतिबेला रियलले बेलका लागि १०१ मिलियन युरो खर्चिएको थियो ।

Loading...