कोरोनाको कारण यो पालिको तीज ‘जुममा हेरेर’ (भिडियोसहित)

विराटनगर, ४ भदौ । गायिका सुनिता दुलालको ‘जुममा हेरेर’ बोलको नयाँ तीज गीत सार्वजनिक भएको छ ।

गीतको भिडियोलाई सुनिताले आफ्नै युट्युब च्यानलमार्फत् सार्वजनिक गरेकी हुन् । सार्वजनिक भएको गीतमा कोरोना संक्रमण फैलिने डरका कारण एकै ठाउँमा भेला भएर तीज मनाउन नपाएका कारण जुम नामक एपको सहारा लिएर भेला भई युट्युबमा गीत बजाएर रमाइलो गर्नुपर्ने हालको परिस्थितिलाई समेटिएको छ ।

सुनिताको स्वर रहेको गीतमा रोजा वलीको शब्द तथा सुनिल मास्केको संगीत रहेको छ । कुशल श्रेष्ठको छायांकन, सम्पादन तथा निर्देशनमा तयार भएको भिडियोमा सुनितासँगै भवानी तिमल्सिना, काब्य श्रेष्ठ, रस्मिता दर्लामी, आस्था जोशीलगायतको प्रस्तुति रहेको छ ।

सुनिताले परम्परागत शैलीमा भेला भएर तीज मनाउँदा कोरोना संक्रमणको जोखिम हुने भएकाले भेला हुने काम नगर्न तथा नगराउन प्रोत्साहन गर्नका लागि इन्टरनेटको माध्यमबाट तीज मनाउन सन्देश दिने प्रयास गरेकी हुन् ।

Loading...