विराटनगरका छजना पत्रकारले जिते कोरोना

विराटनगर, ४ भदौं । कोरोना संक्रमणका कारण आइसोलेशनमा रहेका छजना पत्रकार कोरोना मुक्त भएका छन् । बिहीबार विराटनगरका छजना पत्रकार कोरोना मुक्त भएका हुन । कोरोना संक्रमण मुक्त हुने मध्ये पाँचजना एउटै सञ्चार गृहका छन् ।

उदघोष दैनिकका सम्पादक मोहन भण्डारीसहित कमल रिमाल, संजीव खनाल, बाबुराम भण्डारी, जितेन्द्र नारायण ठाकुर र दिनेश साह कोरोना मुक्त भएका हुन ।

संक्रमण मुक्त भएका भण्डारी र खनाल होम आइसोलेसनमा थिए । अन्य चारजना बैजनाथपुर होल्डिङ आइसोलेशनमा बसेका थिए ।

आइसोलेशनबाट पत्रकारसहित अन्य १८ जनालाई विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले विदाई गरेका थिए ।

Loading...