Rumpum

Rumpum Advertisement

विश्वभर जिमेल र गुगलका सेवामा समस्या

विश्वभर जिमेल र गुगलका सेवामा समस्या

विराटनगर, ४ भदौ । गुगलका धेरै सो सेवा विश्वभर डाउन भएको छ ।

संसारका विभिन्न भागका जिमेल प्रयोगकर्ताले इमेलमा कुनै फाइल एट्याच गर्न वा इमेल पठाउन समस्या भएको गुनासो गरिरहेका छन् । ट्विटरमा पछिल्लो एक घण्टामा लाखौं प्रयोगकर्ताले जिमेलमा फाइल एट्याच नभएको वा भइहालेमा नेटवर्कको समस्या बताएर इमेल पठाउन समस्या भएको गुनासो गरेका छन् ।

गुगलका यी दुवै सर्भिसमा समस्या डेस्कटपका एपमा पनि देखिएको छ । कम्पनीले समेत प्रयोगकर्ताहरूले समस्या सामना गरिरहेको स्वीकार गर्दै गुगलको जी सुइटले समस्यामा अनुसन्धान गरिरहेको र छिट्टै समस्या समाधान गर्ने बताएको छ । गुगलका अनुसार जिमेल, गुगल मिट, गुगल च्याट, गुगल भ्वाइस र गुगल डक्स लगायतमा समेत प्राविधिक समस्याहरू आइरहेका छन् ।

अर्कातिर कयौँ प्रयोगकर्ताहरूले युट्युबमा भिडियो अपलोड नभएको पनि गुनासो गरिरहेका छन् ।