Rumpum

Rumpum Advertisement

राजमा टाइप २ मधुमेह भएका व्यक्तिहरूका लागि लाभदायक

राजमा टाइप २ मधुमेह भएका व्यक्तिहरूका लागि लाभदायक

विराटनगर, ४ भदौ । सिमी जातको गेडागुडी राजमा, प्रोटिनको भण्डार हो ।

सजिलै पाइने, स्वादिलो हुने तथा स्वास्थ्यको हिसाबले पनि राजमा शरीरका लागि फाइदाजनक हुन्छ । राजमामा म्याग्नेसियम, कर्बोहाईड्रेट, फस्फोरस, भिटामिन बी, आयरन, क्याल्सियम तथा शरीरलाई चाहिने अन्य आवश्यक पोषक तत्वले भरिपूर्ण हुन्छ । यी पोषक तत्वहरूबाट शरीरलाई चाहिने पोषण प्राप्त हुन्छ जसले प्रतिरोधक क्षमता बढाउँछ ।

राजमामा पाइने फाइबरले पाचन पक्रियालाई सक्रिय बनाउन मद्दत गर्छ । राजमाको सेवनले पाचनमा सुधार आएसँगै कब्जियत, अरुचि हुन दिँदैन । साथै, यसले तौल घटाउन पनि मद्दत पु¥याउने गर्छ । राजमामा ‘ग्लाइसेमिक इन्डेक्स’, फ्याट्स तथा कोलेस्ट्रोलको मात्रा निकै कम हुने गर्छ जसको सेवनले रगतमा चिनीको मात्रालाई बढ्न दिँदैन ।

राजमाले शरीरको ब्लड सुगर मात्रा नियन्त्रणमा आउनुका सथै उक्त रक्तचाप, मधुमेह तथा मुटुसम्बन्धी रोगहरू लाग्न दिँदैन । विशेषगरी टाइप २ मधुमेह भएका व्यक्तिहरूका लागि लाभदायक हुन्छ । त्यस्तै, क्याल्सियम र म्यागनिजले हड्डी र मांसपेशीलाई मजबुत राख्न मद्दत गर्छ । राजमामा पर्याप्त मात्रामा एन्टीअक्सिडेन्ट तत्व हुन्छ जसले शरीरको कोशिका मर्मत गर्ने, शरीरको विषाक्त हटाएर छालालाई चम्किलो बनाउँछ ।

एन्टिएजिङ तत्वले उमेरको प्रभावलाई कम गरेर अनुहारलाई लामो समयसम्म जवान राखेर अनुहारलाई सुन्दर देखाउँछ । राजमा माइग्रेनमा राहत दिन, दिमागको क्षमता बढाउने तथा अल्जाइमर जस्तो रोगबाट टाढा राख्न सहयोगी हुन्छ । राजमाले शरीरमा क्यान्सरको कोशिकालाई बढ्नबाट रोकी क्यान्सरसँग लड्न मद्दत गर्छ । नियमित राजमाको सेवनले महिलामा स्तन क्यान्सरको समस्याको सम्भावना कम हुँदै जान्छ ।