धरानमा छ केजी गाँजासहित एक पक्राउ

धरान, ४ भदौ । धरान–१६ बाट प्रतिबन्धित लागूऔषध गाँजासहित एकजना पक्राउ परेका छन् ।

आफ्नै घरमा गाँजा लुकाई–छिपाई राखेको भन्ने सूचनाका आधारमा ३४ वर्षीय किरण धिमाल पक्राउ परेका हुन् । बुधबार अपरान्ह इप्रका धरानको टोलीले धिमालको घरबाट छ केजी गाँजा बरामद गरेको हो ।

घरबाट गाँजा बरामद भएसँगै धिमाललाई समेत पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Loading...