नेपालमा कोरोना संक्रमितको संख्या २९ हजार ६४५ पुग्यो

विराटनगर, ४ भदौ । बिहीबार नेपालमा थप ७०७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजको नियमित प्रेस ब्रिफिङका क्रममा १९२ महिला र ५१५ पुरुष गरी थप ७०७ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

विभिन्न ३९ प्रयोगशालामा गरिएको ११ हजार ८३२ परीक्षणमा थप ७०७ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

यससँगै कोरोना संक्रमितको संख्या २९ हजार ६४५ पुगेको छ । कुल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या ११ हजार ५५५ रहेको छ ।

यता, नेपालमा कोरोनाबाट मुक्त हुनेको संख्या १७ हजार ९६४ पुगेको छ । कुल संक्रमितमध्ये ६१ प्रतिशतले कोरोना जितेका हुन् । आज थप २६४ जना काेराेनामुक्त भएकाे मन्त्रालयले जनाएकाे छ ।

आज २ महिला र ४ पुरुष गरी थप छ जनाको कोरोनाबाट ज्यान गएको छ । यससँगै काेराेनाबाट मृत्यु हुनेकाे संख्या १२६ पुगेकाे छ ।

Loading...