आज थप २६४ जनाले जिते कोरोना

विराटनगर, ४ भदौ । बिहीबार नेपालमा थप २६४ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङका क्रममा आज थप २६४ जनाले कोरोना जितेर डिस्चार्ज भएको जनाएको हो ।

यससँगै कोरोनाबाट मुक्त हुनेको संख्या १७ हजार ९६४ पुगेको छ । कुल संक्रमितमध्ये ६१ प्रतिशतले कोरोना जितेका हुन् ।

संक्रमितको संख्या २९ हजार ६४५ पुगेको छ । कुल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या ११ हजार ५५५ रहेको छ । बिहीबार थप ७०७ जनामा संक्रमण पुष्टि भएकाे हाे ।

आज २ महिला र ४ पुरुष गरी थप छ जनाको कोरोनाबाट ज्यान गएको छ । यससँगै काेराेनाबाट मृत्यु हुनेकाे संख्या १२६ पुगेकाे छ ।

Loading...