इटहरीमा एक पुरुषको शव फेला

इटहरी, ४ भदौ । सुनसरीको इटहरी–१० स्थित डुमटकामा एक पुरुषको शव फेला परेको छ ।

केही समयदेखि इटहरी क्षेत्रमा मागी खाँदै हिँड्ने गरेका धरान–१७ का ४२ वर्षीय कुमार तामाङ मृत अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

मृतक तामाङको शव पोष्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको इटहरी प्रहरीले जनाएको छ ।

Loading...