प्रिमियर लिगको खेल तालिका : लिभरपुलको पहिलो खेल नवप्रवेशी क्लब लिड्ससँग

एजेन्सी, ४ भदौ । इंग्लिस प्रिमियर लिगको २०२०–२१ को सिजनको खेल तालिका सार्वजनिक भएको छ । बिहीबार सार्वजनिक भएको तालिकाअनुसार प्रिमियर लिगको नयाँ सिजन १२ सेप्टेम्बरबाट सुरु हुनेछ । लिग २३ मे २०२१ मा सकिनेछ ।

नयाँ तालिकाअनुसार डिफेन्डिङ च्याम्पियन क्लब लिभरपुलले नवप्रवेशी क्लबसँग खेल्नेछ । ३० वर्षपछि उपाधि जित्न सफल लिभरपुलले घरेलु मैदानमा नव प्रवेशी क्लब लिड्स युनाइटेडसँग खेल्नेछ ।

लिड्स १६ वर्षपछि शीर्ष डिभिजनमा फर्किएको हो । लिड्सले च्याम्पियनसिपको उपाधि जितेको थियो ।

लिभरपुल र लिड्सबाहेक पहिलो दिन अन्य पाँच खेल हुनेछन् । आर्सनलले फुलह्याममसँग खेल्नेछ भने लेइष्टर सिटीले वेस्ट ब्रुमविरुद्ध खेल्नेछ ।

टोटेनह्यामले एभर्टनसँग खेल्दा साउथह्याम्पटनले क्रिस्टल प्यालेससँग तथा वेस्ट ह्यामले न्यूकासल युनाइटेडसँग खेल्नेछ ।

Loading...