Rumpum

Rumpum Advertisement

सुनसरीमा १८ जनामा कोरोना संक्रमण

सुनसरीमा १८ जनामा कोरोना संक्रमण

इटहरी, ४ भदौ । सुनसरीमा आज १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

दक्षिणवर्ती सीमा क्षेत्र श्रीपुरमा खटिएका चार सशस्त्र प्रहरीसहित सुनसरीमा १८ संक्रमित थपिएका हुन् ।

धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका १२ सहित दुहवी नगरपालिकामा एकजना पुरुष, रामधुनी नगरपालिकामा एकजना पुरुष गरी आज १८ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य कार्यालय सुनसरीका कोभिड १९ फोकल पर्सन तथा पब्लिक हेल्थ नर्स सिर्जना लिङ्थेपले जानकारी दिइन् । आज थपिएका कोरोना संक्रमितहरू सुनसरी जिल्ला बाहिरका पनि रहेका छन् ।