Rumpum

Rumpum Advertisement

धनकुटामा थप एक जना स्वास्थ्यकर्मीमा कोरोना

धनकुटामा थप एक जना स्वास्थ्यकर्मीमा कोरोना

धनकुटा, ४ भदौ । धनकुटामा थप एक जना स्वास्थ्यकर्मीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । धनकुटाको सहिदभूमि गाउँपालिकाका ४५ वर्षीय पुरुष स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको हो ।

गाउँपालिकाबाट १६ जनाको स्वाब संकलन गरी १ भदौमा पीसीआर परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको थियो । परीक्षणमा १६ जनामध्ये एक स्वास्थ्यकर्मीको रिपोर्ट पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसीप्रसाद गुरागाइले बताए ।

यससँगै धनकुटामा कोरोना संक्रमितको संख्या १८ पुगेको छ । १६ जना निको भएर अस्पतालबाट घर फर्किसकेका छन् भने एक जना मोरङ गोठगाँउस्थित कोरोना अस्पतालमा उपचाररत रहेका छ ।

यसअघि पनि धनकुटा जिल्लामा स्वास्थ्यकर्मी कोरोना संक्रमण देखिएको थियो उनीहरू निको भएर घर फर्किसकेका छन् ।