Rumpum

Rumpum Advertisement

एम्बुलेन्सबाट खसेर युवतीको मृत्यु

एम्बुलेन्सबाट खसेर युवतीको मृत्यु

दाङ, ४ भदौ । दाङको लमही नगरपालिका–७ बनघुर्सीमा एम्बुलेन्सबाट खसेर एक युवतीको मृत्यु भएको छ ।

प्रहरीका अनुसार एम्बुलेन्समा सवार राजपुर गाउँपालिका–७ भैसाहीकी ३५ वर्षीया कमला विश्वकर्माको मृत्यु भएको हो । पूर्व–पश्चिम महेन्द्र राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको भे१च १६४५ नम्बरको एम्बुलेन्स रोकेर पुनः हिँड्ने क्रममा एम्बुलेन्समा सवार उनी खसेकी थिइन् ।

गम्भीर घाइते भएकी उनको उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको हो । एम्बुलेन्ससहित चालकलाई वडा प्रहरी कार्यालय लमहीले नियन्त्रणमा लिएको छ ।