यस्ता मानिस उच्च कोलेस्ट्रोल विकासको उच्च जोखिममा

विराटनगर, ४ भदौ । कोलेस्ट्रोल एक प्रकारको लिपिड हो ।

यो एक फ्याट जस्तो पदार्थ हो, जुन कलेजोले प्राकृतिकरूपमा उत्पादन गर्दछ । कोष, केही हर्मोन, र भिटामिन डीको गठनको लागि यो महत्वपूर्ण मानिन्छ । यो शरीरका लागि महत्वपूर्ण मानिन्छ त्यसैले रगतमा कोलेस्ट्रोल हुनु सामान्य कुरा हो । तर, यसको अप्राकृतिक मात्राले भने शरीरमा विभिन्न समस्याहरू हुन सक्छ ।

शरीरमा ८० प्रतिशत कोलेस्ट्रोलको निर्माण कलेजोले गर्छ भने २० प्रतिशत कोलेस्ट्रोल खानाबाट प्राप्त हुन्छ । शरीरमा अतिरिक्त कोलेस्ट्रोल जम्मा भएमा वा रगतमा कोलेस्ट्रोलको मात्रा उच्च भएमा यसले रक्तधमनीमा अवरोध पैदा गरेर मुटुसम्बन्धी गम्भीर समस्या निम्त्याउने गर्छ । सबै उमेर, लिंग, र जातिहरूको व्यक्तिलाई उच्च कोलेस्ट्रोल हुन सक्छ ।

खराब जीवनशैली कारकहरूले पनि उच्च कोलेस्ट्रोलमा योगदान गर्न सक्छ । तर, उच्च कोलेस्ट्रोलको पारिवारिक इतिहास भएका, अधिक तौल वा मोटोपनको समस्या भएका, अस्वस्थ आहार खाने, नियमित व्यायाम नगर्ने, धुम्रपान गर्ने, मधुमेह, किड्नी रोग, वा हाइपोथायरायडिज्म जस्ता समस्या भएमा मानिसहरूलाई उच्च कोलेस्ट्रोलको विकासको उच्च जोखिममा हुन सक्छ ।

यदि समयमा उपचार नगरिएमा, उच्च कोलेस्ट्रोलले धमनीहरूमा पट्टिका निर्माण गर्न सक्छ । यो अवस्थालाई एथेरोस्क्लेरोसिस भनिन्छ । एथेरोस्क्लेरोसिस गम्भीर अवस्था हो जसले धमनीहरूमार्फत् रगतको प्रवाह सीमित गर्न सक्छ । यसले खतरनाक ब्लड क्लटहरू विकास गरेर जोखिम बढाउँछ ।
एथेरोस्क्लेरोसिसले उच्च रक्तचाप, छाती दुख्ने, पित्त असंतुलन, स्ट्रोक, हृदयघात, गम्भीर मिर्गौला रोग जस्ता धेरै जीवनलाई जोखिममा पार्न सक्ने जटिलताहरू निम्त्याउन सक्छ । उच्च कोलेस्ट्रोल एक ‘मौन’ समस्या हो । यसले सामान्यतया कुनै लक्षणहरू देखाउने गर्दैन । धेरै व्यक्तिहरूलाई हार्ट अट्याक वा स्ट्रोकजस्ता गम्भीर जटिलताहरू विकास नभएसम्म आफूमा उच्च कोलेस्ट्रोल छ भनेर पनि थाहा हुँदैन ।

त्यसकारण नियमित कोलेस्ट्रोलको जाँच गराउन महत्वपूर्ण हुन्छ । २० वर्षदेखि माथिका व्यक्तिहरूले डाक्टरको परामर्श लिएर नियमित कोलेस्ट्रोलको स्क्रिनिङ गराइरहनु पर्छ ।

Loading...