Rumpum

Rumpum Advertisement

काठमाडौंमा निषेधाज्ञा कडा, उल्लंघन गर्ने ४३५ जना कारबाहीमा

काठमाडौंमा निषेधाज्ञा कडा, उल्लंघन गर्ने ४३५ जना कारबाहीमा

काठमाडौ, ४ भदौ । काठमाडौमा उपत्यकामा निषेधाज्ञा उल्लंघन गर्ने चार सय ३५ जना कारबाहीमा परेका छन् । कोरोना महामारी नियन्त्रणका लागि उपत्याकाका तीनै जिल्लामा बुधबार मध्यरातिदेखि निषेधाज्ञा लगाइएको थियो ।

बिहीबार बिहान साढे १० बजेसम्म काठमाडौ जिल्लामा मात्रै ४३५ जना कारबाहीमा परेको महानगरीय प्रहरी परिसरका प्रवक्ता एसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए ।

सवारीसाधन तथा पैदल सडकमा निस्किएकालाई ठाउँको ठाउँ उभ्याएर कोरोनाबारे जानकारी गराई छाड्ने गरिएको उनले बताए ।

कोरोना संक्रमण तीव्र गतिमा फैलिन थालेपछि काठमाडौं, ललितपुर र भक्तपुर तीनै जिल्ला प्रशासनले एक साताका लागि एकसाथ निषेधाज्ञा लागू गरेका हुन् । यो निषेधाज्ञा १० भदौसम्म जारी रहने छ ।

स्तै, निषेधाज्ञाको उल्लंघन गर्दै सडकमा गुडाइएका ५९४ सवारीसाधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

आज बिहान साढे १० बजेसम्म उपत्यकाका तीन जिल्लाबाट ६९४ सवारीसाधन नियन्त्रणमा लिएको ट्राफिक महाशाखका प्रवक्ता एसपी वामदेव गौतमले जानकारी दिए ।

‘यी सवारीसाधनमध्ये सबैभन्दा बढी काठमाडौंका छन्, त्यसपछि भक्तपुर र तेस्रोमा ललितपुरका छन्, ’ प्रवक्ता गौतमले भने, ‘जसमा ४३५ मोटरसाइकल छन्, बाँकी अन्य सवारीसाधन ।’