birat ribon

पहिरोमा परेका २५ को शव भेटियो

Neuro
पहिरोमा परेका २५ को शव भेटियो

सिन्धुपाल्चोक, ४ भदौ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२, लिदीमा गएको पहिरोमा बेपत्ता भएकामध्ये २५ जनाको शव भेटिएको छ । शुक्रबार बिहान मात्र थप तीनजनाको शव फेला परेको हो । पहिरोमा परी ३९ जना बेपत्ता भएका थिए ।

इलाका प्रहरी कार्यालय जलवीरेका प्रहरी निरीक्षक हरि भट्टराईका अनुसार आज एक बालक र दुई महिलाको शव भेटिएको हो । वर्ष ५ का सानु कान्छा दोङ, वर्ष ४२ की जिबिरानी दोङ र वर्ष १८ की ललिता दोङको शव फेला परेको हो । योसँगै पहिरोमा ज्यान गुमाउनेको संख्या २८ जना पुगेको छ ।

cura insider

हालसम्म शव फेला भेटिएकामा १५ पुरूष र १३ महिला छन् । तीमध्ये १४ बालबालिमा छन् । पहिरामा हराइरहेकाहरूको खोजीमा नेपाली सेना र नेपाल प्रहरीका ६६ जना र स्थानीयवासी जुटेका छन् । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार एक्साभेटर ल्याउन सकिने अवस्था नरहेकाले पिक, साबेल र कोदालाका भरमा खोजी भइरहेको छ ।

jackson ribon