Rumpum Advertisement

लायन्स क्लब बुढीगंगाद्वारा खाद्यान्य वितरण

लायन्स क्लब बुढीगंगाद्वारा खाद्यान्य वितरण

विराटनगर, ४ भदौ । लायन्स क्लब अफ बुढीगंगा एक्टिभले खाद्यान्य सामग्री वितरण गरेको छ । बुढीगंगा गाउँपालिका–३ मा रहेको रामजानकी मन्दिरमा रहेको श्रीहरि अध्यात्मिक गुरुकुललाई खाद्यान्य वितरण गरिएको हो ।

कुशे औंशीको अवसर पारेर खाद्यान्य सामग्री वितरण गरिएको क्लबकी अध्यक्ष राधा आचार्यले बताइन् । लकडाउनका कारण गुरुकुलका विद्यार्थीहरुलाई खानका लागि समस्या भएको थाहा पाएपछि केही सहज होस् भनेर खाद्यान्य वितरण गरिएको आचार्यले बताइन् । आगामी दिनमा पनि क्लबले सहयोग गर्ने उनले बताइन् ।

क्लबले आलु एक बोरा, चिउरा एक बोरा, भुजिया एक बोरा, मटर, चना, चिनी, बिस्कुटलगायतका खाद्यान्य सामग्री वितरण गरेको छ । अध्यात्मिक गुरुकुलमा १३ जना विद्यार्थी रहेको सञ्चालक गोपालप्रसाद भण्डारीले बताए । लकडाउनका कारण छजना घर गएको र अहिले सातजना विद्यार्थी गुरुकुलमै रहेको उनले बताए । समस्या परेको बेलामा क्लबले ठूलो सहयोग गरेको भण्डारीले बताए । आगामी दिनमा समेत सहयोगको अपेक्षा रहेको रामजानकी मन्दिरका संरक्षक जगन्नाथ भण्डारीले बताए ।