कोरोनाका कारण धरानमा एक युवकको मृत्यु

विराटनगर, ४ भदौ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना कारण एक युवकको मृत्यु भएको छ ।

सप्तरीको राजविराजका २८ वर्षीय युवाको मृत्यु भएको भोलिपल्ट रिपोर्ट पोजेटिभ आएको हो । उनको मंगलबार मृत्यु भएको थियो । ज्वरो आउने, श्वासप्रश्वासमा समस्या हुने लगायत कोरोनासँग मिल्ने लक्षण देखिएका उनलाई राजविराजस्थित छिन्नमस्ता अस्पतालबाट थप उपचारका लागि धरान ल्याइएको थियो ।

ती युवकको शव राजविराज लगेर स्वाब संकलन गर्दै परीक्षणका लागि प्रयोगशालामा पठाइएको थियो । रिपोर्ट बुधबारराति पोजेटिभ आएको हो ।

Loading...