Rumpum

Rumpum Advertisement

मन्दिरका पुजारीको गोली हानेर हत्या

मन्दिरका पुजारीको गोली हानेर हत्या

विराटगनर, ४ भदौ । रौतहटको माधवनारायण नगरपालिका २ खेसरहियामा हनुमान मन्दिरका पुजारी श्रीमान साहको गोली हानेर हत्या गरिएको छ ।

साहमाथि बुधबारराति अज्ञात समूहले गोली प्रहार गरेको थियो । पूजापाठ सकेर खाना खानलाई बसेका बेला नचिनेका व्यक्तिले कन्चटमा गोली हानेको प्रहरीले जनाएको छ ।

रौतहटका एसपी रविराज खड्काका अनुसार बायाँ कन्चटमा गोली लागेका पुजारीको घटनास्थलमै मृत्यु भएको छ । घटनामा संलग्नको पहिचान हुन नसकेको र घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।