सन्दीपको टिम जमैकाको सुखद सुरुआत

एजेन्सी, ४ भदौ । क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा नेपाली लेग स्पीनर सन्दीप लामिछाने आवद्ध टोली जमैका तल्लावासले विजयी सुरुआत गरेको छ ।

बुधबार राति भएको सिजनको पहिलो खेलमा जमैकाले सेन्ट लुई जुक्सलाई ५ विकेटले पराजित गरेको हो ।

ब्रायन लारा एकेडेमी रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको सेन्ट लुसियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५८ रनको योगफल तयार पारेको थियो ।

१ सय ५९ रनको बिजय लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको जमैकाले १८ दशमलव ५ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो ।

सन्दीपले ४ ओभरमा मात्र २३ रन खर्चिँदै १ विकेट लिन सफल भए । सन्दीपले आफ्नो अन्तिम ओभरको दोस्रो बलमा विकेट लिए । सन्दीपले पहिलो ओभरमा ८, दोस्रो ओभरमा ३ रन र तेस्रो ओभरमा ५ रन खर्चिएका थिए ।

सन्दीपले नजिबुल्लाह जद्रानको विकेट लिएका हुन् । उनले १५औं ओभरको दोस्रो बलमा पोवेलबाट क्याचआउट गराएका थिए ।

Loading...