कोरोना कोष बनाउने गृहकार्य तीव्र

विराटनगर, ४ भदौ । कोरोनाको सन्त्रासका कारण भएको बन्दाबन्दीमा उद्योग व्यवसायमा परेको प्रभावअनुसार सहयोग गर्न सरकारले खडा गर्न खोजेको कोषको तयारी, रकम सङ्कलन र व्यवस्थापनको काम तीव्र पारिएको छ ।

सरकारले ५० अर्ब रुपैयाँको कोषका लागि आफ्नो तर्फबाट करिब एक अर्ब रुपियाँ जम्मा गरेको छ तर अन्य निकायबाट जुटाइने सहयोगबारे भने अझै ठोस रूपमा कार्य अगाडि बढ्न सकेको छैन ।

आर्थिक वर्ष २०७७÷७८ को बजेटमा कोभिड–१९ का कारण सङ्कटमा परेका घरेलु साना तथा मझौला उद्यम, कोरना प्रभावित पर्यटन व्यवसाय, श्रमिक तथा कर्मचारीकोे पारिश्रमिक भुक्तानी तथा व्यवसाय सञ्चालनका लागि ५ प्रतिशत ब्याजमा कर्जा उपलब्ध गराउन ५० अर्ब रुपैयाँको छुट्टै कोष खडा उल्लेख छ ।

कोषमा नेपाल सरकार, सरकारी स्वामित्वमा रहेका सार्वजनिक संस्थान र दातृ निकायबाट प्राप्त हुने रकम रहने बताइएको छ । अर्थ मन्त्रालयको वैदेशिक सहायता समन्वय महाशाखाका प्रमुख श्रीकृष्ण नेपालले कोभिड–१९ का कारण द्विपक्षीय सहायता परिचालनमा पुनः प्राथमिकीकरण हुँदै केही कम भएको बताए ।

यस्तो कोष अर्थ मन्त्रालयको संयोजकत्वमा खडा गर्ने र नेपाल राष्ट्र बैङ्कमार्फत सञ्चालन गर्ने भनिएको छ । कोष परिचालन मोडालिटी पनि बनिसकेको छैन । आजको गोरखापत्र दैनिकमा समाचार छ

Loading...