Rumpum

Rumpum Advertisement

कोरोना नियन्त्रण गर्न कतै बन्दाबन्दी, कतै निषेधाज्ञा

कोरोना नियन्त्रण गर्न कतै बन्दाबन्दी, कतै निषेधाज्ञा

विराटनगर, ४ भदौ । व्यक्तिले सजगता नअपनाइदिँदा देशभर कोरोना सङ्क्रमित र मृत्यु हुनेहरूको सङ्ख्या दैनिक बढ्दो क्रममा छ ।

मुख्यगरी सहरी क्षेत्रका सडकमा मानिसको चहलपहल जथाभावी छ ।
दैनिक परीक्षण गरिरहने र उत्तिकै सङ्ख्यामा सङ्क्रमित थपिरहने तर नागरिकका तर्फबाट सजगता नअपनाइँदा यो क्रम तत्कालै रोकिने अवस्था देखिँदैन ।

पछिल्लो समय कडाइका साथ बन्दाबन्दी वा निषेधाज्ञाको उपाय अपनाउन स्थानीय प्रशासन वा पालिकालाई बाध्यात्मक अवस्था सिर्जना हुन पुगेको छ ।

मोरङ बढी प्रभावित
कोरोना सङ्क्रमणबाट प्रदेश १ को तराईका झापा, मोरङ र सुनसरी सबैभन्दा बढी प्रभावित छन् र तीमध्ये मोरङलाई गम्भीर स्थलका रूपमा लिइएको छ । गत वैशाख ५ गतेयता हालसम्म दुई हजार २३२ जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको सामाजिक विकास मन्त्रालयको तथ्याङ्क छ । यस प्रदेशमा हालसम्म ७२ हजार बढीको पीसीआर परीक्षण गरिएको छ ।
प्रदेश १ मा सबैभन्दा बढी विराटनगर महानगरपालिका कोभिड–१९ को जोखिममा परेको छ ।

भरतसँगको खुला सीमाका कारण प्रदेश २ मा कोरोनाको सङ्क्रमण दिनानुदिन बढ्दै गएको छ । यस प्रदेशमा बुधबारसम्म सात हजार आठ सय ८३ जना कोरानाबाट सङ्क्रमित छन् । आजको गोरखापत्र दैनिकमा समाचार छ