Rumpum

Rumpum Advertisement

सल्यानमा दस महिने बच्चासहित १७ जनामा कोरोना संक्रमण

सल्यानमा दस महिने बच्चासहित १७ जनामा कोरोना संक्रमण

सल्यान, ३ भदौ । सल्यानमा कोरोना भाइरस संक्रमितको संख्या २७९ पुगेको छ । बुधवार १० महिने बच्चासहित १७ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २७९ पुगेको हो ।

प्रदेश अस्पताल, पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा दस महिने बच्चासहित १७ जनामा कोरोना पुष्टि भएको हो ।

संक्रमित सबै बनगाड कुपिण्डे नगरपालिकाका रहेका छन् । संक्रमित हुनेमा बनगाड कुपिण्डे नगरपालिका–१ का १० महिनाको बच्चा र ४६ वर्षीय पुरुष, वडा न २ का २२ वर्षीय पुरुष, वडा न ३ का २० र २२ वर्षीय पुरुष र १५ वर्षीया महिलामा कोरोना पुष्टि भएको छ ।

यस्तै वडा न ४ का २१, २४, ३०, ४२, ४२, ४७ वर्षका पुरुष र ४, ८ र ३५ वर्षीया महिला र वडा न ५ का ४७ वर्षीय पुरुष रहेका छन् ।