जमैकामा सन्दीपको पहिलो विकेट

काठमाडौं, ३ भदौ । क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पीनर सन्दीप लामिछाने आवद्ध रहेको जमैका तलावाजले अहिले सेन्ट लुसिया जोउक्ससँग खेलिरहेको छ ।

ट्रीनिडाड एन्ड टोबेगोमा जारी खेलमा जमैकाले टस जितेर पहिले बलिङ गरिरहेको छ । जसमा, सन्दीपले पहिलो विकेट लिएका छन् ।

सन्दीपले आफ्नो अन्तिम ओभरको दोस्रो बलमा विकेट लिएका हुन् । सन्दीपले नजिबुल्लाह जद्रानको विकेट लिएका हुन् ।

उनले १५औं ओभरको दोस्रो बलमा पोवेलबाट क्याचआउट गराएका थिए ।

सन्दीपले पहिलो ओभरमा ८ रन खर्चिएका थिए भने दोस्रो ओभरमा ३ रन तथा तेस्रो ओभरमा ५ रन खर्चिएका थिए ।

यस खेलमा सन्दीपको टोली जमैका सुखद सुरुआत गर्ने लक्ष्यमा छ । रोव्मन पावेलले जमैकाको कप्तानी गरिरहेका छन् भने लुसियाको कप्तानी ड्यारेन स्यामीले गरिरहेका छन् ।

Loading...