Rumpum

Rumpum Advertisement

बार्सिलोनाले लज्जास्पद हार ब्यहोर्दा रियल मड्रिडमा ‘सेलिब्रेसन’

बार्सिलोनाले लज्जास्पद हार ब्यहोर्दा रियल मड्रिडमा ‘सेलिब्रेसन’

एजेन्सी, ३ भदौ । रियल मड्रिडका खेलाडी टोनी क्रुसले च्याम्पियन्स लिगमा प्रतिद्वन्द्वी क्लब बार्सिलोना पराजित हुँदा क्लबमा ‘सेलिब्रेसन’ भएको खुलासा गरेका छन् ।

बार्सिलोनाले जर्मन क्लब बायर्न म्युनिखसँग लज्जास्पद हार ब्यहोर्दा रियल मड्रिडमा ‘सेलिब्रेसन’ भएको जर्मन मिडफिल्डर क्रुसले खुलासा गरेका हुन् ।

गत शुक्रबार राति च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा बार्सिलोनाले बार्यनसँग ८–२ गोलान्तरको हार भोगेको थियो । सो हारपछि रियलको टोलीले मनोरञ्जन लिएको क्रुसको भनाइ छ ।

बार्सिलोना र बायर्नले खेलिरहँदा रियलका खेलाडीहरूबीच ह्वाट्एप ग्रुपमा खुशी साटासाट भएको क्रुसको भनाइ छ ।

हालै ‘इन्फेच माल लुपेन’को पोडकास्टसँग कुरा गर्दै क्रुसले भनेका छन्, ‘हामी सबै कुरा यहाँ बताउन सक्दैनौं कि त्यहाँ के–के भनिएको थियो । तर, तपाईं कल्पना गर्न सक्नुहुन्छ कि त्यहाँ दया–माया नराखी कुरा गरिएको थियो । ग्रुपमा हामीबीच हाडले भरिएका सेलिब्रेसन पनि भएका थिए ।’

इटालियन क्लब रोमाले बार्सिलोनालाई च्याम्पियन्स लिगबाट ‘आउट’ गर्दाको जस्तै गत शुक्रबारको खेलमा पनि सेलिब्रेसन भएको उनको भनाइ छ ।