बाढीले वडा कार्यालय बगायो, १ सय ५० घर जोखिममा

जाजरकोट, ३ भदाै । बाढीले जाजरकोटको शिवालय गाउँपालिका-६ को वडा कार्यालय भवन बगाएको छ ।

जाँत खोलामा आएको बाढीले कटान गर्दा टुनीबगरमा रहेको वडा कार्यालय भवनका साथै नजिकै रहेको एउटा ट्रस पुल पनि बगाएको वडा अध्यक्ष भक्तबहादुर थापाले जानकारी दिए ।

यस्तै भिषण वर्षाका कारण वडा नम्बर ६ कै लोतपाखा, ठकुरी जाँत, रोकाय जाँत, रिसिना, धिरपना, टोटापोखरा, पाल्तका करिब १ सय ५० घर पहिरोको उच्च जोखिममा रहेका वडा अध्यक्ष थापाले जानकारी दिए ।

बाढीले कटान गरेपछि सयौं बिगाहा खेतबारी बगरमा परिणत हुनुका साथै २ वटा पसल र १० वटा पानी घट्टपनि बगाएको उनले बताए ।

Loading...