कागती पानी पिउनु हुन्छ भने यो अवश्य पढ्नुहोस्

विराटनगर, ३ भदौ । कागती पानी पिउनुका धेरै फाइदाहरू सुन्नमा आउने गर्छन् ।

मन तातो पानीमा कागती र मह राखेर पिउनाले ताैल कम गर्नदेखि लिएर छालाको समस्याहरूको समाधान गर्ने हुन्छ । तर, हरेक कुराको फाइदाहरू भए जसरी नै बेफाइदाहरू पनि हुन्छन् ।

कागती भिटामीन ‘सी’ ले भरिपूर्ण हुन्छ । अत्यधिक मात्रामा कागती पानीको सेवनले साइडइफेक्टहरू पनि निम्त्याउन सक्छन्  ।

पेट खराब भएका मानिसले कागती पानीको सेवन गर्न हुँदैन । कागती धेरै एसिडिक भएका कारण पीएच लेवल कम हुन्छ र थप पेटको समस्या निम्त्याउन सक्छ ।

पानीमा धेरै मात्रामा कागती निचरेर पिउँदा ग्यासट्रिकको समस्या, वाकवाकी लाग्ने, वान्ता आउने, छाती पोल्ने, झाडापखाला तथा अलसर भएकाहरूमा थप बिगार गर्न सक्छ ।

चकलेट खाँदा दातँ बिग्निन्छ भन्ने सबैलाई थाहा भएकै कुरा हो तर, अधिकांश मानिसहरूलाई कागतीको सेवनले पनि दातँ बिगार्न सक्छ भन्ने कुरा थाहा हुँदैन ।

कागती पानीले मुखमा आउने घाउलाई समेत नराम्रो असर गर्ने गर्छ । अमेरिकन डेंटल एसोसिएसनका अनुसार कागती पानीले दाँतलाई मात्र क्षय गर्नुभन्दा पनि मुखमा बढी क्षति पुर्‍याउन सक्छ ।  

टाउको दुख्ने तथा माइग्रेनको समस्या भएका मानिसहरूले कागती पानीको सेवनले थप दुखाइलाई बढाउन सक्छ । साथै, अनुहारमा कागती पानीको प्रयोगले छालालाई सुख्खा बनाएर समस्या निम्त्याउन सक्छ ।

Loading...