वर्षा हासिदिँदा पलको ‘दिल कमाल भो’ (भिडियोसहित)

विराटनगर, ३ भदौ । अभिनेता पल शाह र अभिनेत्री वर्षा राउतको रोमान्टिक गीत सार्वजनिक भएको छ ।

‘दिल कमाल भो’ गीतको म्युजिक भिडियोलाई बिहानी आर्ट इन्टरटेनमेन्टको युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो ।

गीतमा रमेश बानियाको शब्द, संगीत तथा स्वर रहेको छ । सार्वजनिक गीतको भिडियो निकै रोमान्टिक देखिएको छ । घर ढिलो आएका कारण वर्षा रिसाएपछि पल वर्षालाई फकाइरहेका छन् ।

रोमान्टिक शैलीको संगीत संयोजन रहेको गीतमा राजीव समरको निर्देशन तथा कोरियोग्राफी रहेको छ ।

बिहानी आर्टको निर्माण रहेको गीतको भिडियोलाई अर्जुन तिवारीले छायाँकन गरेका हुन् भने भिडइयोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् ।

Loading...