Rumpum

Rumpum Advertisement

सप्तरीमा पत्रकारसहित १८ जनामा कोरोना संक्रमण पुष्टि

सप्तरीमा पत्रकारसहित १८ जनामा कोरोना संक्रमण पुष्टि

सप्तरी, ३ भदौ । सप्तरीमा बुधबार एक पत्रकारसहित १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्थानीय गजेन्द्र नारायण सिंह अस्पतालको पीसीआर प्रयोगशालाबाट प्राप्त परीक्षण रिपोर्टबाट एक पत्रकार र चार महिलासहित १८ जनामा कोरोना संक्रमणको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको हो ।

पोजेटिभ देखिएकामध्ये एक जना पत्रकार पनि छन् । ४० वर्षीय उनी पत्रकार महासंघ सप्तरीका पदाधिकारीसमेत हुन् ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवलेसंक्रमित सबैलाई साईकृष्णा मेडिकल कलेजस्थित आइसोलेशन कक्षमा ल्याउने तयारी गरिएको छ ।

साथै उनीहरूको सम्पर्कमा आएकाहरूको पहिचान र स्वाब संकलन कार्य अघि बढेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।