दैनिक लिपस्टिकको प्रयोगका साइड इफेक्टहरू

विराटनगर, ३ भदौ । अधिकांश महिलाहरू दैनिक बाहिर जाँदा लिपस्टिकको प्रयोग गर्छन् ।

महिलाहरू लिपस्टिक दिनभरि वा राति सुत्ने बेलापनि लगाइरहन्छन् । लिपस्टिकको प्रयोगले एलर्जी हुने, रिस उठ्ने, ओठ र वरपरको छालामा फुट्ने जस्ता समस्याहरू सामान्य हुन् ।

तर, नियमित रूपमा लिपस्टिक प्रयोग गर्दा हानिकारक साइड इफेक्टहरू हुन्छन्, जुन धेरैलाई थाहा नहुन सक्छ ।

धेरै लिपस्टिकमा लिड (हानिकारक सीसा) हुन्छ, जुन शरीरमा अपरिवर्तनीय स्वास्थ्य क्षतिको कारण बन्न सक्छ ।

लिड एक न्युरोटोक्सिन हो जसले स्नायु प्रणालीमा हानिकारक प्रभाव पार्छ । यसले दिमागमा क्षति, हार्मोनमा असंतुलन र बाझोपनसमेत निम्त्याउन सक्छ ।

लिपस्टिकमा हुने केही हानिकारक रसायनहरू र भारी धातुहरूले क्यान्सरसमेत निम्त्याउन सक्छन् ।

कार्सिनोजेन (क्यानसर निम्त्याउने) फार्माल्डिहाइड र प्याराबेन्स प्रेजर्वेटिवहरू प्रयोग गर्ने लिपस्टिकहरूले आँखा पोल्ने, खोकी लाग्ने, घाँटी घ्यार-घ्यार हुने, तथा छालामा जलन पैदा गर्न सक्छ ।

लिपस्टिकमा प्रयोग हुने खनिज तेलहरूले छालाका रौं छिद्रहरूलाई बन्द गर्छ, जुन धेरै स्थायी हानिकारक प्रभावहरूको लागि जिम्मेवार हुने गर्छन् ।

लिपस्टिक लगाउने बानीले गर्दा त्यसमा भएका केमिकलहरू मुखमा प्रवेश गरेर पेटसम्म पुग्ने खतरा हुन्छ । लिपस्टिकमा भएका केमिकलहरू सजिलै पेटमा पर्ने सम्भावना अधिक रहन्छ ।

सस्तो समानमा धेरै हानीकारक पदार्थहरूको प्रयोग हुने सम्भावना हुने हुँदा लिपस्टिक र लिप ग्लोस किन्न अघि हानिकारक तत्त्वहरू समावेश नभएको र राम्रो ब्रान्डको किन्नु पर्छ भन्ने कुरा ध्यानमा राख्न आवश्यक हुन्छ ।

Loading...