अभयाको ‘छ मेरो अरु संसार’ सार्वजनिक (भिडियोसहित)

विराटनगर, ३ भदौ । अभयाको नयाँ गीत ‘छ मेरो अरु संसार’ सार्वजनिक भएको छ ।

अभया एण्ड द स्टिम इन्जिन ब्यान्डको युट्युब च्यानलमार्फत् गीत सार्वजनिक गरिएको हो । गीतमा स्वर मात्र नभएर शब्द, सङ्गीत रचना, संयोजन र सङ्गीत निर्माण सबै अभयाआफैंले गरेकी छन् ।

सार्वजनिक गीतमा महिर मल्ल र श्रृष्टि कार्कीले अभिनय रहेको छ भने गीतलाई अभया स्वयंले निर्देशन गरेकी हुन् ।

सार्वजनिक गीतमा एक प्रेमीले साथ छोडेपनि आफ्नो अरु संसार पनि हुने र एक्लै पनि रमाउन सकिने देखाइएको छ ।

रिन्चेन पाल्जरले गीतमा गितार सम्हालेका छन् भने सोनम लामा भुटियाको बेस रहेको छ ।

साथै, पियानोमा निकेश कार्की, ड्रममा रिन्चेन पाल्जर र नबिन थापा मगर, तथा ब्याकिङ भोकलमा प्रशान्त गुरुङ र रिन्चेन पाल्जर रहेका छन् ।

रिलिज भएको २४ घण्टा नबित्दै ‘छ मेरो अरु संसार’ ले दर्शकको माया पाइरहेको छ । कतिले गीतको शब्दले मनै छोएको बताइरहेका छन् भने धेरैले गीतको सङ्गीत, स्टोरीलाइन र प्रस्तुती असाध्यै राम्रो भएको बताइरहेका छन् ।

Loading...