Rumpum

Rumpum Advertisement

रियलका मिडफिल्डर रेइनियर डर्टमुण्डमा अनुबन्धित

रियलका मिडफिल्डर रेइनियर डर्टमुण्डमा अनुबन्धित

एजेन्सी, ३ भदौ । स्पेनिस क्लब रियल मड्रिडका मिडफिल्डर रेइनियर जेसस कार्भाल्हो जर्मन क्लब बोरुसिया डर्टमुण्डमा अनुबन्धित भएका छन् ।

डर्टमुण्डले ब्राजिलियन खेलाडी रेइनियरलाई दुई वर्षका लागि लोनमा अनुबन्ध गरेको पुष्टि गरेको छ । ट्वीटरमार्फत् रियलले पनि युवा स्टार रेइनियरलाई डर्टमुण्डले लोनमा अनुबन्ध गरेको जनाएको छ ।

१८ वर्षीय रेइनियरले अब ३० जुन २०२२ सम्म बुन्डेसलिगा खेल्नेछन् । रियलले यसै वर्ष मात्र उनलाई ब्राजिलियन क्लब फ्लेमेङ्गोबाट अनुबन्ध गरेको थियो ।