Rumpum

Rumpum Advertisement

नङ टोक्ने बानीले खराब ब्याक्टेरियाहरू पेटमा पुग्छन्

नङ टोक्ने बानीले खराब ब्याक्टेरियाहरू पेटमा पुग्छन्

विराटनगर, ३ भदौ । केही काम नगरेको बेलामा, टिभी हेरिरहँदा, डराएको बेला तथा तनावमा भएको बेला अधिकांश मानिसहरूको नङ टोक्ने बानी हुन्छ ।

nang

शरीरको विभिन्न अंगमध्ये नङ फोहर र संक्रमण बोक्ने प्रमुख अंगमध्ये एक हो । नङ टोक्ने बानीले शरीरमा विभिन्न प्रकारका संक्रमण फैलाउन सक्छ । नङ टोक्ने बानीका कारण नङमा भएका खराब ब्याकटेरियाहरू सजिलै पेटमा पुग्छन् ।

इन्टरोबाक्टेरियासी भनिने ब्याक्टेरियाहरू – जसमा साल्मोनेला र ई कोलाई पनि समावेश छन्, जाे नङमुनि हुन्छन् । नङ टोक्दा यी ब्याक्टेरियाहरू मुख र पेटमा जान्छन् जहाँ ति ब्याकटेरियाहरूले झाडापखाला र पेट दुख्ने कारण हुनुका साथै पेट र आन्द्रा संक्रमणको कारण हुन सक्छन् ।

नङ टोक्दा यसको जोखिम दाँतमा पनि हुने गर्छ । लगातार नङ टोक्दा दातँको बीचमा खाली ठाउँ हुन सक्छ, त्यसैले बारम्बार नङ टोक्ने मानिसको दाँत बाहिर सर्छ वा अनौंठो आकारको हुन्छ ।

साथै, नङ टोक्नेहरू गिजामा रोग, सास गन्हाउने समस्या र संक्रमणको उच्च दरबाट पीडित हुन्छन् । बारम्बार नङ टोक्ने गर्दा नङसँग छाला पनि उक्किने हुन्छ र सधैँका लागि नङ खराबसमेत हुन सक्छ ।

नङवरपरको छालामा असर हुनुका साथै पारोनाइसिया नामक छालाको संक्रमण हुन्छ । छालामा च्यातिँदा वा घर्षणले ब्याक्टेरियासजिलै भित्र जान सक्छ ।

यी दुवैले नङवरपरको मासु सुन्निने, नङ रातो हुने, नङ वरिपरि पीप बढ्दो कारण हुनसक्छ जुन शल्य चिकित्साद्वारा निकास गर्नुपर्ने हुन्छ । संक्रमण जीवाणुका कारण नङ पातलो र पीडादायी पनि हुन सक्छ । मुसाको समस्या निम्त्याउने एचपीभी भाइरस पनि नङ टोक्नेहरूमा हुने सामान्य संक्रमणमध्ये एक हो ।

नङ टोकिरहने मानिसको नङको स्वरुप फेरिएर बांगो हुन जान्छ । साथै, नङ पालिस लगाउने महिलाहरूको नङ टोक्ने बानी भएमा पालिसमा भएको विभिन्न केमिकलहरूसमेत शरीरभित्र सजिलै पस्न सक्छन् । जसले शरीरमा विभिन्न समस्याहरू उत्पन्न गराउन थाल्छ । त्यसैले, नङ टोक्ने बानीबाट सक्दो छुट्कारा पाउन आवश्यक हुन्छ ।