Rumpum

Rumpum Advertisement

अभिषेक रिजाल भारतीय क्लबमा

अभिषेक रिजाल भारतीय क्लबमा

एजेन्सी, ३ भदौ । नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर अभिषेक रिजाल भारतीय क्लबमा अनुबिन्धत भएका छन् ।

भारतको दोस्रो डिभिजनको क्लब मोहम्मेदन स्पोर्टिङले अभिषेकलाई तीन वर्षका लागि अनुबन्ध गरेको हो ।

उनको सम्झौता २० अगष्ट २०२० बाट लागू हुनेछ । यसअघि माल्दिभ्समा ब्यवसायिक फुटबल खेलेका अभिषेक एसियन कोटाबाट आइलिगको दोस्रो डिभिजनको क्लबमा अनुबन्ध भएका हुन् ।

तीन वर्षका लागि अनुबन्ध भए पनि दुवै पक्षले सम्झौता रकम गोप्य राखेका छन् ।