कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १२० पुग्यो

विराटनगर, ३ भदौ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट ज्यान गुमाउनेको संख्या १२० पुगेको छ ।

बुधबार थप ६ जनाको मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बुधबारको ब्रिफिङका क्रममा मन्त्रालयले थप तीन जनाको कोरोनाबाट ज्यान गएको पुष्टि गरेको हो ।

मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले काठमाडाैं र बर्दियाका एक-एक पुरुष तथा माेरङ, भक्तपुर, चितवन र सुनसरीका एक-एक जना महिलाकाे कोरोनाबाट ज्यान गएको जानकारी दिए ।

कोरोना संक्रमितको संख्या २८ हजार ९३८ पुगेको छ । कुल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या ११ हजार ११८ रहेको छ । बुधबार २१६ महिला र ४६५ पुरुष गरी थप ६८१ जनामा संक्रमण पुष्टि भएको हो ।

यता, नेपालमा कोरोनामुक्त हुनेको संख्या १७७०० संख्या पुगेको छ । कुल संक्रमितमध्ये ६१.२ प्रतिशतले कोरोना जितेका हुन् । पछिल्लो २४ घण्टामा थप १२० जना कोरोनालाई जितेर घर फर्किएका छन् ।

Loading...