थप १२० जना कोरोना संक्रमणमुक्त

विराटनगर, ३ भदाै । बुधबार नेपालमा थप १२० जना कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङका क्रममा आज १२० थप जनाले कोरोना जितेर डिस्चार्ज भएको जनाएको हो ।

यससँगै कोरोनाबाट मुक्त हुनेको १७७०० संख्या पुगेको छ । कुल संक्रमितमध्ये ६१.२ प्रतिशतले कोरोना जितेका हुन् ।

कोरोना संक्रमितको संख्या २८ हजार ९३८ पुगेको छ । कुल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या ११ हजार ११८ रहेको छ । बुधबार २१६ महिला र ४६५ पुरुष गरी थप ६८१ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोनाबाट ज्यान गुमाउनेकाे संख्या भने १२० पुगेकाे छ । आज थप ६ जनाले काेराेनाबाट ज्यान गुमाएकाे मन्त्रालयले जनाएकाे छ ।

Loading...