नेपालमा कोरोना संक्रमितको संख्या २९ हजार नजिक

विराटनगर, ३ भदाै । नेपालमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमण पुष्टि हुनेकाे संख्या २९ हजार नजिक पुगेकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबारको नियमित प्रेस ब्रिफिङका क्रममा २१६ महिला र ४६५ पुरुष गरी थप ६८१ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

विभिन्न ३९ प्रयोगशालामा गरिएको ११ हजार ५२२ परीक्षणमा थप ६८१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

यससँगै कोरोना संक्रमितको संख्या २८ हजार ९३८ पुगेको छ । कुल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या ११ हजार ११८ रहेको छ ।

यता, नेपालमा कोरोनामुक्त हुनेको संख्या १७७०० संख्या पुगेको छ । कुल संक्रमितमध्ये ६१.२ प्रतिशतले कोरोना जितेका हुन् । पछिल्लो २४ घण्टामा थप १२० जना कोरोनालाई जितेर घर फर्किएका छन् ।

कोरोनाबाट ज्यान गुमाउनेकाे संख्या भने १२० पुगेकाे छ । आज थप ६ जनाले काेराेनाबाट ज्यान गुमाएकाे मन्त्रालयले जनाएकाे छ ।

Loading...