कोरोनाको संक्रमणबाट निको भएपछि गर्नु पर्ने सात काम

विराटनगर, ३ भदौ । कोभिड १९ रोगबाट निको भएकाहरू धेरै लामो अवधिको समस्याहरू सामना गर्न सक्छन् ।

कोभिड १९ बाट निको भएका बिरामीहरू सामान्य थकान, टाउको दुखाइ, सास फैर्न कठिनाइदेखि मृगौला, फोक्सो र मुटुका रोगहरू, मानसिक समस्याहरूबाट पीडित हुन सक्छन् । निको भइसके पनि समस्याहरू उत्पन्न हुन सक्ने हुँदा नियमितरूपमा निगरानी गर्नु पर्छ । परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आए पनि यी सात तरिकाले आफ्नो हेरचाह गर्नु पर्ने हुन्छ ।

१) आफ्नो लागि समय निकाल्नुहोस् : रिपोर्ट नेगेटिभ आएर घर फर्कनासाथ पहिलाजस्तो जीवन जिउनतिर नलाग्नु होस् । । एकैपल्ट पुरानो गतिविधिहरू थाल्नुभन्दा पनि आराम गरेर बिस्तारै पुरानो तालिकामा समायोजन गर्नुहोस् ।

२) मेमोरी व्यायामहरू गर्नुहोस् : मेमोरी र एकाग्रता स्तरहरू फिर्ता पाउनका लागि दिनहुँ पजल तथा मेमोरी गेमहरू खेल्न र दिमागलाई तेज बनाउने खालको व्यायाम गर्नुहोस् ।

३) संकेत र लक्षणहरूमा ध्यान दिनुहोस् : टाउको दुख्ने, सास फेर्न समस्या भएमा वा कुनै पनि चेतावनी संकेतहरू देखापरेमा शरीर ठीक छैन भनेर बुझे डाक्टरसँग सल्लाह लिनुहोस् ।

४) औषधिहरू संशोधित गर्नुहोस् : कुनै पुरानो रोग भएका वा नियमित औषधिको सेवन गरिरहेका बिरामीहरूले रक्तचाप, चिनीको मात्रा इत्यादि जाँच गर्न तथा लक्षणहरूलाई नजिकबाट निरीक्षण गर्न र संशोधित गर्न सल्लाह दिइन्छ ।

५) पुनः संक्रमण हुनबाट जोगिनुस् : पुनः संक्रमण हुने सम्भावना रहने हुँदा सार्वजनिक स्थानहरूमा जाँदा मास्क लगाउने र सामाजिक दुरीको अभ्यास गर्नुहोस् ।

६) उर्जालाई बचाउनुहोस् : पूर्णरुपमा निको हुनका लागि उर्जालाई यथासम्भव जोगाउनुहोस् । महत्वपूर्ण कार्यहरू मात्र गरे अनावश्यक कार्यहरूलाई पछिका लागि स्थगित गर्नुहोस् ।

७) मद्दत माग्नुहोस् : उचित हेरचाह र आराम चाहिने हुँदा आवश्यक पर्दा मद्दत लिनुहोस् । शरीरलाई पहिले जस्तो निको हुन पर्याप्त समय चाहिने हुँदा केही काम गर्नका लागि मद्दत माग्दा उर्जा बच्नुका साथै थकान हुनबाट जोगाउँछ ।

Loading...