राष्ट्रकवि घिमिरेको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

काठमाडौ, ३ भदौ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको राष्ट्रिय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

बुधबार राष्ट्रपति घिमिरेको पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको हो । नेपाली सेनाका एक अधिकृतको नेतृत्वमा रहेको टुकडीले सम्मान गारदसहित घिमिरेको अन्त्येष्टि गरिएको हो । त्यसअघि राष्ट्रकविको निवासमै पुगेर उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए ।

यस्तै संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री यागेश भट्टराईसहित विभिन्न मन्त्रीहरु पनि घिमिरेको निवासमै पुगेर श्रद्धाञ्जली अर्पण गरेका थिए । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानसेनापति राजेन्द्र क्षेत्री लगायतका व्यक्तित्व पनि श्रद्धाञ्जली अर्पण गर्न घिमिरेको निवास कपुरधारा पुगेका थिए । घिमिरेको मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा निधन भएको थियो ।

Loading...