विराटनगरमा ५२ संक्रमित थपिए, कुन वडामा कति ?

विराटनगर, ३ भदौं । विराटनगरमा थप ५२ जना कोरोना संक्रति थपिएका छन् । बुधबार २० महिला र ३२ पुरुष गरी ५२ जना कोरोना संक्रमित थपिएका हुन् ।

बुधबार ५२ संक्रमित थपिएसँगै विराटनगरमा कोरोना संक्रमितको संख्या ६४२ पुगेको छ ।

प्रदेश १ सामाजिक विकास मन्त्रालका अनुसार बुधबार एउटै वडामा नाैंजना काेराेना संक्रमित थपिएका छन् ।

विराटनगर– १ मा दुईजना कोरोना संक्रमित थपिएका छन् । त्यस्तै वडा नम्बर २ मा नौंजना, वडा नम्बर ३ मा दुईजना, वडा नम्बर ४ मा एकजना, वडा नम्बर ५ मा ८ जना संक्रमित थपिएका छन् ।

त्यस्तै वडा नम्बर ६ मा छजना, ७ मा एकजना, ८ मा छजना, ९ मा दुईजना संक्रमित थपिएका छन् । वडा नम्बर ११ मा दुईजना, वडा नम्बर १२ मा एकजना, १३ मा तीनजना, १४ मा एकजना कोरोना संक्रमित थपिएका छन् । त्यस्तै वडा नम्बर १५ मा चारजना, वडा नम्बर १६ मा एक र वडा नम्बर १७ मा दुईजना संक्रमित थपिएका छन् ।

Loading...