राष्ट्रकवि घिमिरेको जन्मथलोमा आज सार्वजनिक बिदा

लमजुङ, ३ भदाै । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनमा मर्स्याङ्दी गाउँपालिकाले बुधबार सार्वजनिक बिदा दिएको छ ।

गाउँपालिकाको पुस्तुन भन्ने ठाउँमा जन्मिएका घिमिरेको योगदानको कदर र स्मरण गर्दै सार्वजनिक बिदा दिएको गाउँपालिकाका उपाध्यक्ष होमबहादुर विश्वकर्माले बताए ।

गाउँपालिकाको बुधबार बिहान बसेको आकस्मिक बैठकले गाउँपालिका मातहतमा रहेका सम्पूर्ण कार्यालय, वडा कार्यालय, आकस्मिक सेवा स्वास्थ्य चौकीबाहेक सबैमा सार्वजनिक बिदा दिएको हो ।

मर्स्याङ्दी गाउँपालिका–६स्थित पुस्तुन, बाहुन डाँडामा वि.सं १९७६ असोज ७ गते जन्मिएका राष्ट्रकवि घिमिरेको १०२ वर्षको उमेरमा काठमाडौंको लैनचौरस्थित आफ्नै निवासमा मंगलबार साँझ निधन भएको थियो ।

राष्ट्रकवि घिमिरे स्वच्छन्दवादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार कवि तथा गीतकार घिमिरेको निधनले स्तब्ध बनाएको उल्लेख गर्दै शोकसन्तत परिवार एवं आफन्तजनप्रति गहिरो सम्मेवदना प्रकट गरेको गाउँपालिकाले जनाएको छ ।

Loading...