यस वर्षको अन्त्यसम्म कोरोनाको खोप उपलब्ध हुने चिनियाँ कम्पनीको दाबी

विराटनगर, ३ भदौ । चीनको सिनोफार्म नामक फर्मा कम्पनीले यो वर्षको अन्त्यसम्म कोरोना भाइरसको खोप उपलब्ध गराउने घोषणा गरेको छ ।

सिनोफार्ममा अध्यक्ष लिउ जिगझेनले खोपको तेस्रो चरणको ट्रायल संयुक्त अरब इमिरेट्स (यूएई)मा चलिरहेको हुँदा खोप डिसेम्बरसम्म बजारमा आउने दाबी गरेका हुन् । खोपको ट्रायलका लागि लिउ आफैंले पनि खोप डोज लगाएका छन् । हालसम्म उनले कुनै पनि साइड इफेक्ट महसुस नगरेको बताइएको छ ।

एक वर्षमा क्रमशः १०.२ करोड र १० करोड खोपको उत्पादन गर्नका लागि चीनको बेइजिङ र वुहान शहरमा वर्कसप राखिएका छन् । चीनले विकास गरेको खोपको दुई डोजको मूल्य एक हजार युआन अर्थात् करिब १७ हजार नेपाली रुपैयाँ हुने बताइएको छ । धेरै मानिसहरूले ग्रामीण ठाउँमा बस्नेहरुका लागि खोपको मूल्य निकै महँगो भएका कारण खोप लगाउन नसक्ने बताउदै चिन्ता व्यक्त गरेका छन् ।

पछिल्लो तथ्यांकअनुसार चीनमा घरेलु संक्रमणहरू अब छैनन् । हाल विश्वभरि करिब दुई सय कोरोना खोपको ट्रायल चलिरहेको छ भने यीमध्ये २० भन्दा बढी खोप मानवमा परीक्षणका लागि तयार छन् ।

Loading...