Rumpum

Rumpum Advertisement

सीपीएलमा सन्दीपको खेल आज

सीपीएलमा सन्दीपको खेल आज

एजेन्सी, ३ भदौ । क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा आज नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पीनर सन्दीप लामिछाने आवद्ध टोली प्रतिस्पर्धामा छ । मंगलबारबाट सुरु भएको नयाँ सिजनको सीपीएलमा सन्दीपको टोली जमैका तलावाजले सेन्ट लुसिया जोउक्ससँग प्रतिस्पर्धा गर्न लागेको हो ।

ट्रीनिडाड एन्ड टोबेगोमा हुने यो खेल नेपाली समयानुसार साँझ ७ः४५ बजेबाट सुरु हुनेछ । यस खेलमा सन्दीपको टोली जमैका सुखद सुरुआत गर्ने लक्ष्यमा छ । पहिलो खेलमा सन्दीपले प्लेइङ सेटमा स्थान बनाउने सम्भावना बलियो छ ।

रोव्मन पावेलको जमैकाको कप्तानी गर्नेछन् भने लुसियाको कप्तानी ड्यारेन स्यामीले गर्नेछन् ।

सन्दीप सीपीएलका लागि १५ साउनमा ट्रिनिडाड एन्ड टोबागो पुगेका छन् । नियमित उडान बन्द गरिएको अवस्थामा उनी कोरियन एयरको चार्टर्ड जहाजमा टोबागो गएका थिए ।
यस यामको सिपिएलका लागि जमैका तल्लावाहजले सन्दीपलाई ९० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो । उनले यसअघि दुई पटक सीपीएल खेलिसकेका छन ।

सीपीएल २५ भदौसम्म चल्ने छ । सीपीएलमा जमैका र लुसियासँगै बार्बेडोस् ट्रिडेन्ट्स, ट्रिनबागो नाइट राइडर्स, गुएना अमेजन वारियर्स र सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्सले प्रतिस्पर्धा गर्दैछन् ।

सीपीएलमा कूल ३३ खेल हुने छन् । कोरोना भाइरसका कारण ती सबै खेल बिना दर्शक खेलाइने छन् ।

सन्दीपकाे टाेली जमैकाकाे खेल र नेपाली समय