Rumpum

Rumpum Advertisement

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

विराटनगर, ३ भदौं । धरानकी कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत धरान–१५ की ७१ वर्षीय महिलाको मृत्यु भएको हो ।

महिलाको बुधबार बिहान सवा ११ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । २० साउनमा एन्फा क्वारेन्टाइनमा स्वब लिएर परीक्षण गर्दा २३ साउनमा उनलाई पोजेटिभ देखिएको थियो ।

मृतक महिलालाई दम र मुटुको पनि समस्या थियो । उनी २४ साउनयता प्रतिष्ठानमा उपचाररत थिइन् । मृतकको छोरी र नाती पनि कोरोना संक्रमित भएर प्रतिष्ठानमा उपचाररत रहेका छन् ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमणका कारण ज्यान गुमाउनको संख्या १७ पुगेको छ । तीमध्ये चारजना प्रदेश २ का छन् । १३ जना प्रदेश १ का हुन् ।