गण्डकी प्रदेशमा कोरोना संक्रमित १७ सय ७९ पुगे

पोखरा, ३ भदौ । बुधबार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ७७९ पुगेको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार गण्डकी प्रदेशमा थप १४ जनामा संक्रमण देखिएको छ ।

क्षयरोग उपचार केन्द्र, पोखरा र भरतपुर अस्पताल, चितवन गरिएको परीक्षणमा गण्डकी प्रदेशका १४ जना संक्रमण देखिएको हो । थपिनेमा नवलपरासी पूर्वका १२ र तनहुँका दुईजना रहेका छन् ।

संक्रमित व्यक्तिहरूलाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।

Loading...