राष्ट्रिय झण्डा जलाएको म्युजिक भिडियो बनाउने नौ पक्राउ

राष्ट्रिय झण्डा जलाएको म्युजिक भिडियो बनाउने नौ पक्राउ

विराटनगर, ३ भदौ । राष्ट्रिय झण्डा जलाएको म्युजिक भिडियो बनाएर युट्युवमा अपलोड गर्ने समूहका नौजनालाई नेपाल प्रहरीले बुधबार पक्राउ गरेको छ ।

नेपालको राष्ट्रियता र जातीय सद्भाग बिथोल्ने शब्दहरु प्रयोग भएको गीतको म्युजिक भिडियो बनाउने ग्याल्जोम दोर्जे तामाङसहित नौजनालाई पक्राउ गरिएको नेपाल प्रहरीले आप्mनो फेसबुक पेजमार्फत् जनाएको छ ।

केही दिनअघि ‘मंगोल हप अफिसियल’ नामक च्यानलमा ‘देशद्रोही’ शीर्षकको गीत सार्वजनिक भएको थियो । आपत्तिजनक शब्द प्रयोग गरी जातीय सदभाव खलबल्याउने शब्द प्रयोग भएको गीतमा राष्ट्रिय झण्डा जलाएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले कारवाही माग गरेका थिए ।